Friday, December 6, 2024
देशमधेस प्रदेशसिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा । यातायात व्यवस्था कार्यालय लहान, सिरहाले आर्थिक वर्ष २०७९/०८० मा ५० करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ।

सरकारले साउनदेखि चैतसम्म सवारी साधन करमा लाग्ने जरिवाना छुट गरेपछि यातायात व्यवस्था कार्यालय लहान, सिरहाले एक आर्थिक वर्षमा ५० करोड ४२ लाख २४ हजार ७ सय ७८ रुपैया राजस्व सङ्कलन गरेको हो।

कार्यालय प्रमुख कुशेश्वर साहका अनुसार सवारी करबाट ३६ करोड ६४ लाख ९५ हजार ८९, सवारी चालक अनुमतिपत्र तथा नवीकरणबाट ११ करोड १८ लाख ६८ हजार २०, तथा पटके दस्तुर र रुट परमिटबाट ७९ लाख ७८ हजार २२५ राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्ष २०७८/०७९ मा ४५ करोड ३५ लाख ७४ हजार तीन सय ९४ रुपैया राजस्व उठाइएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ५ करोड भन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिए।

आव २०७९/०८० मा ५ हजार २ सय एक वटा नयाँ सवारी साधन दर्ता भएको र ९ हजार २ सय जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको उनले बताए।

मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिएपछि नयाँ सवारीसाधनको दर्ता बढेको कार्यालय प्रमुख साहको भनाई छ। उनले थपे, “कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले राजस्व सङ्कलन उल्लेखनीय बढेको हो।”

सङ्कलन गरिएको राजस्वबाट संघ सरकारलाई १ करोड ७३ लाख ६९ हजार ४ सय चौरानब्बे रुपैया र प्रदेश सरकारको खातामा ४८ करोड ६८ लाख ५५ हजार दुई सय ७८ रुपैया गरी जम्मा ५० करोड ४२ लाख रकम खातामा जम्मा गरिएको कार्यालयका लेखा अधिकृत जय प्रकाश महतोले जानकारी दिए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img