समाजकेएमसी स्कुलमा मृत फेला परेकी रमाको शव उठाउन सहमति

केएमसी स्कुलमा मृत फेला परेकी रमाको शव उठाउन सहमति

काठमाडाैँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल प्रशासन र काभ्रे तिमालकी २१ वर्षीया रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।

प्रशासन होस्टेलमा मृत फेला परेकी रायमाझीको परिवारलाई ८ लाख रकम दिन राजी भएपछि शव उठ्ने भएको हाे ।

शनिवार बेलुका रायमाझीको शव होस्टेलको एक कोठामा झुन्डिएको अवस्थामा फेला परे पनि आफन्त सहमत नभएपछि शव उठाउन सकेको थिएन । आइतबार दिनभर भएको छलफलमा विद्यालय प्रशासन युवतीको परिवारलाई ८ लाख रुपैयाँ दिने सहमत भएपछि उनीहरू पनि शव उठाउन दिन सहमत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img