Saturday, April 19, 2025
मौसमकस्तो रहला आगामी ३ दिनको मौसम? हेर्नुहोस पूर्वानुमान
spot_img

कस्तो रहला आगामी ३ दिनको मौसम? हेर्नुहोस पूर्वानुमान

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ।

हालको मौसमी अवस्थासम्बन्धी विश्लेषणअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूको मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली देखि मौसम सफा रहने छ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरूको मौसम सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशभर आंशिक बदली देखि मौसम सफा रहने छ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ।

आइतबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सफा रहने छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राती देशभर पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरूमा आंशिक बदली देखि सफा मौसम रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागले आगामी २४ घण्टासम्म देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img