Friday, June 13, 2025
समाजबागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा

spot_img

हेटौँडा । बागमती प्रदेश सरकारले भोली सोमवार (वैशाख २४ गते) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत वैशाख १२ गते गरेको निर्णय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वैशाख २० गते राजपत्रमा सूचना प्रकाशित गरी सोमवार सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०” लाई वैशाख २४ गतेदेखि कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यसैसँगै वैशाख २४ गतेलाई पनि सार्वजनिक बिदा दिने घोषणा गरिएको हो। उक्त ऐनले बागमती प्रदेशमा नेवार भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ।

-Ads-

यस अवसरमा प्रदेशका सबै सरकारी कार्यालयहरू बन्द रहनेछन्। सार्वजनिक बिदाको उद्देश्य नयाँ ऐनको कार्यान्वयन र त्यसको उपलक्ष्यमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” आयोजना गर्नु समेत रहेको प्रदेश सरकारले जनाएको छ। समारोह बसन्तपुर डबलीमा आयोजना गरिनेछ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिति” गठन गरिएको छ। समितिमा नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रीय सदस्यहरू समावेश छन्।

समारोहको अवसरमा बिहान ७ बजेदेखि नै बसन्तपुरमा र्याली निकालिने भएकाले सम्बन्धित सबैलाई बिहानै ६:३० बजे नै आ-आफ्नो स्थानीय बाजागाजा र भेषभूषामा तयार भई उपस्थित हुन अनुरोध गरिएको छ। यस ऐतिहासिक घोषणा समारोहको विशेष महत्व हुने भएकाले प्रचार-प्रसारमा जोड दिन प्रदेश सरकारले आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img