Sunday, September 8, 2024
राशिफलसाप्ताहिक राशिफलबैशाख २३ गतेदेखी २९ गतेसम्मको साप्ताहिक राशिफल
spot_img

बैशाख २३ गतेदेखी २९ गतेसम्मको साप्ताहिक राशिफल

यो साताको पूर्वानुमानलाई हेर्दा सबै राशिका लागि मिश्रित अवस्था देखिन्छ। कुनै राशिका लागि शुभ छ भने कुनै राशिका लागि अलि चुनौतीपूर्ण छ। मेष, बृष, मिथुन र तुला राशिहरूका लागि यो साता ७५% देखि ८५% सम्म शुभ रहनेछ। यी राशिहरूलाई व्यवसाय, आर्थिक स्रोत र सामाजिक क्षेत्रमा राम्रा अवसरहरू प्राप्त हुनेछन्।

कर्कट, सिंह, कन्या र मकर राशिहरूका लागि यो साता ६५% देखि ७०% शुभ रहनेछ। यी राशिहरूले स्वास्थ्य, कामको बोझ र आर्थिक चुनौतीहरू भोग्नुपर्ने देखिन्छ। तर पनि मेहनत र लगनशीलताले सफलता प्राप्त गर्न सकिनेछ। वृश्चिक, धनु, कुम्भ र मीन राशिहरूका लागि यो साता ७५% देखि ८५% शुभ रहनेछ। व्यवसाय, सामाजिक सम्बन्ध र मानसम्मानको दृष्टिले राम्रो हुनेछ तर स्वास्थ्य र पारिवारिक जीवनमा केही चुनौतीहरू आउन सक्छन्। यसरी हेर्दा सबै राशिहरूले आफ्ना मेहनत र लगनशीलताबाट उपलब्धि हासिल गर्न सक्नेछन् तर केही चुनौतीहरू पनि आउन सक्छन्। सकारात्मक सोचले चुनौतीहरूलाई पार गर्न सहयोग पुग्नेछ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता मेष राशिका लागि ७५% शुभ रहेको छ। प्रारम्भमा केही खर्च गर्नुपरे पनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सोमवारपछि पारिवारिक भेटघाट हुन सक्छ। प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायतर्फ नयाँ काममा हात हाल्ने समय छ। मानसम्मान प्राप्त हुनुका साथै धन र विद्या आर्जन गर्ने समय छ। प्रतीक्षित नतिजा र आकर्षक उपहारले उत्साहित भइनेछ। बिहीवार र शुक्रवार भने परिस्थिति अलि प्रतिकूल रहनेछ। अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ। सप्ताहान्तमा सहयोगीहरू जुट्नाले रोकिएका काम सम्पादन हुनेछन्।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो साता बृष राशिका लागि ८०% शुभ रहेको छ। पेसा–व्यवसायमा फाइदा हुनाले आयस्रोत सबल बन्नेछ। व्यापार बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। सोमवारपछि रकम बाहिरिनाले आर्थिक अभाव देखापर्न सक्छ। श्रमको प्रतिफल कमैमात्र प्राप्त हुनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले परिस्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नाले दाम समेत प्राप्त हुनेछ। भेटघाटमा मन रमाउनेछ। मानसम्मान पनि पाइनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ।

-Google Ads-

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो साता मिथुन राशिका लागि ८५% शुभ रहेको छ। प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। तारिफयोग्य कामले लोकप्रियता समेत दिलाउनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुने समय छ। नयाँ क्षेत्रमा हातहाल्न सकिनेछ। व्यावसायिक कामले नाम, दाम र इनाम दिलाउन सक्छ। बिहीवार र शुक्रवार भने उठेको रकम खर्च हुनेछ। किनमेल र भ्रमणमा फजुल खर्च हुन सक्छ। प्रयत्न गर्दा विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा पारिवारिक जमघट र खानपानको आनन्द प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिन सक्छन्।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता कर्कट राशिका लागि ७०% शुभ रहेको छ। सुरुमा स्वास्थ्यबाधा र काममा रोकावट हुने देखिन्छ। अरूका लागि धन र समय खर्चनुपर्ला। तापनि समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले साथ दिनेछ। सोमवारपछि सेवामूलक काममा प्रवृत्त भइनेछ। समुदायको हकहित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुने समय छ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। सप्ताहान्तमा भने खर्च बढ्ने र काम रोकिने हुँदा केही असहज परिस्थिति सामना गर्नुपर्ला।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता सिंह राशिका लागि ७०% शुभ रहेको छ। प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनाले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अप्ठ्यारो स्थितिमा गरिएको पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसा–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता कन्या राशिका लागि ६५% शुभ रहेको छ। प्रारम्भमा रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। पेसागत कामतर्फ केही अवसर प्राप्त हुनेछन्। सोमवारपछि परिस्थिति भने अलि संघर्षमय रहला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। अरूको स्वार्थमा उपयोग भइने सम्भावना छ। स्वास्थ्यउपचारमा खर्च हुन सक्छ। अर्थ अभावले सताउनेछ भने आँटेको काम स्थगित हुन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता तुला राशिका लागि ८५% शुभ रहेको छ। प्रारम्भमा मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। प्रियपात्रसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ। समुदायको हकहित संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। रमाइलो यात्रा गर्ने अवसर साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। बिहीवारदेखि आफ्नो क्षेत्राधिकार केही शंकुचित बन्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले अवसर दिलाउनेछ। आयआर्जन पनि सबल बन्नेछ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता वृश्चिक राशिका लागि ८०% शुभ रहेको छ। सुरुमा स्वास्थ्य कमजोर हुनाले अध्ययनमा बाधा पर्न सक्छ। पेसा–व्यवसायमा उल्झन आउन सक्छ। सोमवारपछि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ। अनुभवले ज्ञान बढ्नेछ। मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। आँट गर्दा जटिल कामसमेत सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा मनग्य धनलाभ हुनेछ। खर्च लागे पनि रमाइलो यात्राको साइत जुर्न सक्छ। प्रियजनसँग रमाइलो भेट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिने समय छ। सप्ताहान्तमा भने नियमित काम रोकिनाले अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य पनि कमजोर बन्ने समय छ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो साता धनु राशिका लागि ७५% शुभ रहेको छ। प्रारम्भमा पारिवारिक समस्याले उल्झन निम्त्याउन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ। अभिभावकसँग वादविवाद हुन सक्छ, संयमतापूर्वक व्यवहार गर्नुहोला। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा विदेशयात्राको साइत जुर्न सक्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। मिहिनेतले नाम र दाम दिलाउन सक्छ। सप्ताहान्तमा रमाइलो यात्राको साइत जुर्न सक्छ। हितैषी साथीभाइसँग रमाइलो भेटघाट पनि हुनेछ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता मकर राशिका लागि ७०% शुभ रहेको छ। प्रारम्भमा कामले उत्साह जगाउनेछ। सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानी बढ्नाले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर सोमवारपछि काम बिग्रने भयले सताउन सक्छ। गलत चिन्तनले आत्मविश्वास गुम्न सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। अरूले आफ्ना कमजोरी फाइदा उठाउन सक्छन्, सजग रहनुहोला। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र आँट गर्दा दैनिकीले उचाइको बाटो समाउनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो साता कुम्भ राशिका लागि ८५% शुभ रहेको छ। सुरुमा वादविवादले उल्झन निम्त्याउन सक्छ। खर्च बढ्ने, काम रोकिने र अर्थअभाव देखापर्ने सम्भावना छ। तापनि सोमवारपछि साथीभाइको सहयोग जुट्नाले स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। पेसातर्फ आम्दानी बढ्नेछ। बिहीवार र शुक्रवार भने कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। खानपानको असावधानीले स्वास्थ्य समस्या निम्त्याउन सक्छ। अध्ययनमा पछि परिनेछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता मीन राशिका लागि ७५% शुभ रहेको छ। सुरुमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मेहनतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउनेछ। पेसातर्फ फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। मंगलवार, बुधवार र शनिवार भने आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। सुरुमा हडबडी गर्दा काम दोहोर्याउनुपर्ला। बिहीवार र शुक्रवार नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धामा अग्रस्थान लिने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले काममा हौसला प्राप्त हुनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img