Sunday, October 13, 2024
राजनीतिजसपा फुट्यो की फुटाइयो !

जसपा फुट्यो की फुटाइयो !

spot_img

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ वा फुटाइएको छ भन्ने विवाद चलिरहेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर पार्टी विभाजन गरी निर्वाचन आयोगमा दर्ता गराइएको छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ जना सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

जसपा फुट्नुलाई सरकारका शीर्ष नेताहरुले आफ्नै हितका लागि गरेको विभाजन भन्दै आलोचना भइरहेको छ । विशेषगरी माओवादी केन्द्र र नेकपा एमालेले जसपामा विभाजन गराएर सत्ता सुरक्षित गर्न खोजेको आरोप लगाइएको छ ।

हालको सत्ता समीकरणसँग १५९ मत रहेको र जसपा र एकीकृत समाजवादीले सरकार छोडेमा अल्पमतमा पर्ने अवस्था रहेकोमा जसपा विभाजन गरिएको विश्लेषण गरिँदै छ । जसपा विभाजनको असर सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दिर्घबहादुर सोडारीको पद धरापमा पर्न सक्ने देखिएको छ ।

जसपा विभाजनले अहिलेको सत्ता समीकरणलाई बहुमतमा पुर्याएको देखिन्छ । नेकपा एमाले, माओवादी केन्द्र, रासत्रिय प्रजातन्त्र पार्टी र नयाँ जसपाको गठबन्धनले बहुमत मत पुगेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img