Wednesday, February 12, 2025
समाजहेटौंडामा विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाइँदै

हेटौंडामा विश्व वातावरण दिवस सप्ताहव्यापी रुपमा मनाइँदै

हेटौंडा। समावेशी, समतामूलक र वातावरणमैत्री विकासको लागि २०५६ सालदेखि नै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र टोल विकास संस्थाहरु स्थापना गरिँदै आएको छ। नगरका प्रत्येक नागरिकको सहभागितालाई अभिवृद्धि गर्दै सचेत, सुन्दर र विकसित हेटौंडा निर्माणको अभियान अघि बढाउन यी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

“स्वच्छ, सर्जनशील, समृद्ध औद्योगिक नगर हेटौंडा” टोल विकास संस्था नगर समन्वय समितिले विश्व वातावरण दिवसको अवसरमा जेठ १७ देखि २३ गतेसम्म विभिन्न कार्यक्रमहरू आयोजना गर्न लागेको छ। रक्तदान, फोहोर खोज चुनौती, प्लाष्टिक जन्य सामग्रीको नियन्त्रण अभियान, साइकल र्याली, वृक्षारोपण लगायतका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

जेठ १७ गते हेटौंडा-१९, बस्तिपुरमा रक्तदान कार्यक्रमबाट सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ हुनेछ भने २३ गतेका दिन हुप्रचौरबाट शुरु हुने विशाल वातावरण र्यालीपछि सम्मान तथा पुरस्कार वितरण समारोहसहित कार्यक्रमको समापन हुनेछ। सचेतना अभियानसँगै निबन्ध लेखन प्रतियोगिता, बालबालिकाका लागि विशेष कार्यक्रम र कपडाको झोला वितरण लगायतका गतिविधिहरू पनि सञ्चालन हुनेछन्।

सरसफाई, स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणमा केन्द्रित रही विकासका अवधारणाहरू टोलस्तरबाटै मूर्तरुप लिन सक्ने गरी हेटौंडामा क्रियाशील टोल विकास संस्था, विद्यालय, क्लब र सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा यी कार्यक्रमहरु सञ्चालन हुन लागेका हुन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस