Monday, February 17, 2025
समाजधनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

धनकुटा | धनकुटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

जिल्लाको छथर जोरपाटी गाउँपालिका ४ पाथीभरामा सोमबार अपराह्न करिब ५ बजे मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा छथर जोरपाटी ५ ताम्लिङका ४५ वर्षीय बीरबहादुर खनाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

बाँधबिसौनाबाट स्थानीय डेगबहादुर अधिकारीको शव बोकेर दाहसंस्कारका लागि तमोर नदीको त्रिवेणी जाने क्रममा को १ त ९७३७ नंबरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ ।

घाइतेमध्ये धेरैजसोको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img