Thursday, December 12, 2024
समाजइटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

इटहरी | इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।

सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावलीसहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रूपमा निर्देशन पालना नगरे कारबाही गरिने उनको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारीको नियुक्ति पत्र लगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरू निजी रहेका छन् । पछिल्लो केही समय यता इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षा क्षेत्र सुधारका अभियानहरू चलाई रहेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img