समाजसर्पले टोकेर बालकको मृत्यु

सर्पले टोकेर बालकको मृत्यु

मोरङ | मोरङको कानेपोखरीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका ११ वर्षीय बालकको मृत्यु भएको हो ।

युवराज राउतका छोरा प्रान्जल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्रै सुतिरहेका बेला मंगलबार राति प्रान्जललाई सर्पले डसेको र तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएकोमा उनको उपचारका क्रममा बुधबार बिहानका मृत्यु भएको हो ।

बालकलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img