शिक्षाइटहरीमा दुई दिन विद्यालय बन्द

इटहरीमा दुई दिन विद्यालय बन्द

तराई क्षेत्रमा ४० डिग्री देखि ४५ डिग्री सम्म तापक्रम पुग्ने गरेकाले इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थाले पछि बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।


बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ भोली र पर्सी सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

इटहरी उपमहानगरपालिकाले गर्मी बिदा दिएको खुसी भएको विद्यार्थी गोरब खड्काले बताए । गर्मीले गर्दा बिदा भएकाले सहज हुने उनको भनाइ थियो । त्यस्तै, विद्यार्थीहरूलाई पढ्नमा समस्या भएकाले बिदा दिएको निर्णय राम्रो भएको शिक्षक मणिकुमार पौडेलले बताए ।

अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । बालबालिकाहरू समस्यामा परेको कारण बिदा दिएको प्रमुख पौडेलले बताए।

गर्मीले गर्दा विद्यार्थी मात्र नभएर बालबालिका,वृद्ध वृद्धा, पैदल यात्रु, मजदुर, व्यापारिक क्षेत्रलाई समेत प्रभावित बनाएको छ । केही दिन अघि झापामा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img