Sunday, July 20, 2025
समाजजस्ताले लागेर १ सय ७ वर्षीय वृद्धको मृत्यु

जस्ताले लागेर १ सय ७ वर्षीय वृद्धको मृत्यु

spot_img

वीरगञ्ज । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेर कृभद्धकाे ज्यान गएको हो । घरमा बसिरहेका उनकाे धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए ।

- Advertisement -

हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएकाे छ । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो रहेकाे छ । उस्काे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेकाे छ । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेकाे छ । हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img