Sunday, September 8, 2024
मौसमयी दुई प्रदेशमा पानि पर्ने !
spot_img

यी दुई प्रदेशमा पानि पर्ने !

काठमाडौं | शनिबार देशका कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम विभागले दिएको जानकारी अनुसार आज यी दुई प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुने सम्भावना रहेको छ। यसैगरी, देशका बाँकी पहाडी भूभागमा पनि एक-दुई स्थानमा वर्षाको अनुमान छ।

शनिबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने भएकाले त्यहाँ पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ। यसैले यात्रा गर्दा सावधानी अपनाउनु पर्ने देखिएको छ।

मौसम विभागका अनुसार आउँदा दिनहरूमा पनि देशभर वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img