Wednesday, May 14, 2025
समाजइटहरीले ल्यायो ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट
spot_img

इटहरीले ल्यायो ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट

spot_img

इटहरी| इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो बजेट सोमबार राति करिब १० बजे प्रस्तुत गरिएको हो। मूल रूपमा उपमेयर संगीता चौधरीले बजेट प्रस्तुत गर्नुपर्ने भए पनि नेकपा एमालेले इटहरीको नगरसभा बहिष्कार गरेपछि इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरे।

बजेटमा चालूतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार र पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ। वडागत सिलिङमा ३८ करोड र नगरस्तरका योजनामा ४५ करोड रुपैयाँ समावेश गरिएको छ। भौतिक पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाको विकास, समाज परिचालन र समाजिक विकास, कृषि र उत्पादनमा जोड, तथा बाढी नियन्त्रण एवं विपद् जोखिम न्यूनीकरण प्रमुख प्राथमिकतामा परेका छन्।

नगरसभा बहिष्कार

एमालेले बजेटको आकार र सिलिङमा असहमति जनाउँदै नगरसभा बहिष्कार गरेको छ। एमालेका प्रतिनिधिहरूले ३ अर्ब १० करोडको बजेट प्रस्ताव गरेका थिए। तर मेयर पक्षले ४ अर्बको बजेट ल्याउन चाहेकोले सहमति नभएको एमालेका नगरसभा सदस्य प्रमोद शेर्पाले बताए।

बहिष्कारपछि मेयर हेमकर्ण पौडेलले २० जना सदस्यको उपस्थितिमा नगरसभा अघि बढाएका छन्। यो घटनाले इटहरीमा मेयर र एमाले जनप्रतिनिधिबीचको विवाद चर्किएको देखाउँछ। बहुमत सदस्यले बहिष्कार गरेर मेयर एक्लैले नगरसभा सञ्चालन गरेको यो पहिलो घटना हो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img