Friday, July 11, 2025
समाजरौतहटमा एचआइभी/एड्स संक्रमितको संख्या बढ्दो: एक वर्षमा ४७४ नयाँ केस

रौतहटमा एचआइभी/एड्स संक्रमितको संख्या बढ्दो: एक वर्षमा ४७४ नयाँ केस

spot_img

रौतहट | रौतहट जिल्लामा एचआइभी/एड्स संक्रमितको संख्या चिन्ताजनक रूपमा बढिरहेको छ। गत आर्थिक वर्षमा जिल्लाका १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४ सय ७४ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १ सय ४२ जना बढी हो।

सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरका अनुसार, सबैभन्दा बढी राजपुर नगरपालिकामा ६३ जना संक्रमित छन्। त्यसपछि इशनाथ नगरपालिकामा ५२ र चन्द्रपुर नगरपालिकामा ३७ जना संक्रमित रहेका छन्।

जिल्लाको दक्षिणी भेग भारतीय सीमासँग जोडिएको छ। यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारतका कलकता, मुम्बई, दिल्ली जस्ता ठूला सहरहरूमा जाने गर्छन्। यी सहरहरूमा खुला वेश्यावृत्ति हुने गरेको र सुरक्षाको साधन अपनाउन लापरवाही गरिने हुँदा संक्रमणको जोखिम बढेको विज्ञहरूको धारणा छ।

प्रादेशिक अस्पताल गौरका एचआइभी/एड्स शाखाका प्रमुख शेष असरफ अलीका अनुसार, २०७१ साल यता जिल्लामा यस रोगको कारण ४२ जनाको मृत्यु भएको छ। तर, डाक्टर ठाकुरले संक्रमितको उपचार सहज भएकाले समयमै उपचार गर्न अस्पताल आउन सकेमा अनाहक मृत्युबाट जोगिन सकिने बताएका छन्।

शिक्षा र चेतनाको अभावले गर्दा विशेषगरी अति विपन्न तथा पिछडिएका वर्गका युवाहरू बढी जोखिममा रहेको पाइएको छ। यस समस्यालाई सम्बोधन गर्न व्यापक जनचेतना अभियान र सुरक्षित यौन व्यवहारको प्रवर्द्धन आवश्यक देखिन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img