समाजतीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काटिन्छ

काठमाडौं | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महसुल नतिर्ने उद्योगहरूलाई तीन महिनाको समय दिइएको जानकारी दिएका छन्।

शुक्रबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले भने, “डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई हामीले फेरि तीन महिनाको समय दिएका हौँ। तीन महिनाभित्र बक्यौता क्लियर गर्ने शर्तमा लाइन जोडिदिएका छौँ।”

उनले चेतावनी दिए कि यदि तोकिएको समयमा महसुल नतिरिए प्राधिकरणले नियमानुसार लाइन काट्नेछ।

घिसिङका अनुसार, केही उद्योगले लोडसेडिङ हटेपछि पनि बक्यौता भुक्तानी गरिरहेका छन्। “हाम्रो रेकर्डअनुसार १७४ उद्योगले तिरेका छन्,” उनले भने। उनले थपे, “बक्यौता नलिने भए लिइसकेका उद्योगको पैसा फिर्ता गर्न हामी तयार छौँ।”

घिसिङले प्राधिकरणको वर्तमान आर्थिक स्थितिबारे पनि जानकारी दिए। “हामी ४६ अर्ब सञ्चित नाफामा छौँ। बक्यौता उठ्न बाँकी २१ अर्ब जोड्दा ६० अर्ब नाफामा पुग्छौँ,” उनले बताए।

डेडिकेटेड र ट्रंक लाइन विवाद बढेपछि प्राधिकरणले अघिल्लो साता ६ उद्योगको लाइन काटेको थियो। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि प्राधिकरणसँग द्वन्द्व देखिएको थियो।

ओलीले घिसिङलाई तत्काल लाइन जोड्न निर्देशन दिए पनि उनले तीन दिनसम्म आफ्नो अडान छाडेनन्। अन्ततः उनले सर्तसहित लाइन जोड्न सहमति जनाए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img