Sunday, March 16, 2025
खेल समाचारदसौँ हेटौँडा भेट्रान्स कप फुटबलको फाइनलमा किङकम र फ्रिडम फाइटर भेट्रान्सको प्रवेश

दसौँ हेटौँडा भेट्रान्स कप फुटबलको फाइनलमा किङकम र फ्रिडम फाइटर भेट्रान्सको प्रवेश

हेटौँडा | हेटौँडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगितामा किङकम भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्सले फाइनलमा स्थान बनाएका छन्।

आइतबार हेटौँडा-४ स्थित हुप्राचौर खेलमैदानमा भएको प्रतिस्पर्धामा फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोल अन्तरले पराजित गर्यो। यसैगरी, किङकम भेट्रान्सले आयोजक हेटौडा भेट्रान्स क्लबलाई ५-३ गोल अन्तरले हराउँदै फाइनल स्थानमा पुर्याएको हो।

फ्रिडम फाइटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले खेलको छैटौँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। यस खेलका म्यान अफ द म्याच मालाकार घोषित भए। किङकम भेट्रान्सका किशोर नेपालीले ३ गोल गरेर टिमको जितमा प्रमुख भूमिका निभाए। हेटौँडा भेट्रान्सका दीपक लामाले २ गोल गरे पनि टिमको हार टार्न सकेनन्। किङकम भेट्रान्सका किशोर नेपाली म्यान अफ द म्याच घोषित भए।

 प्रतियोगिताका संयोजक मणिराज गौतमका अनुसार प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो २ बजे किङकम भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स बीच हुनेछ ।

प्रतियोगितामा प्रमुख प्रायोजक हेटौडा उपमहानगरपालिका र सह प्रायोजक हेटौडा स्कूल अफ म्यानेजमेन्ट रहेका छन्। फाइनल विजेताले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्।

विधागत पुरस्कारको रूपमा सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, र उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार पुरस्कार प्रदान गरिनेछ। म्यान अफ द सिरिज खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइने संयोजक गौतमले जानकारी दिनु भयो।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img