काठमाडौं | जल तथा मौसम विज्ञान विभागले असार २० गते बिहीबार देशभर मौसम साधारणतया देखि पूर्णतया बदली रहने अनुमान गरेको छ। देशभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विशेष गरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ भने बाँकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्नेछ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर मौसम साधारणतया देखि पूर्णतया बदली रहनेछ। धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना छ।
देशभर धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न र यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पर्ने सम्भावित असरहरूबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।