Monday, March 17, 2025
समाजमहिला पत्रकारिताको सशक्तीकरणमा सञ्चारिका समूहको पहल

महिला पत्रकारिताको सशक्तीकरणमा सञ्चारिका समूहको पहल

हेटौँडा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चारिका समूह नेपाल मकवानपुरले ‘सामाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौती र अवसर’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले परम्परागत सोचका कारण महिला पत्रकारहरूले अझै धेरै चुनौती भोग्नुपरेको उल्लेख गर्दै महिला सशक्तीकरणका लागि स्थानीय तहले पहल गर्ने बताइन्। उनले सञ्चारिका समूह नेपाल मकवानपुरमा कोष खडा गर्न उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

महिला पत्रकारितालाई संस्थागत रूपमा बलियो बनाउन औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड हस्तान्तरण गरे। महिला पत्रकारहरूको सहजता र स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चारगृहमा यस्ता सुविधाहरू आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले उल्लेख गरे।

नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजालले महिलाले पत्रकारिता क्षेत्रमा सामना गर्नुपरेका व्यक्तिगत संघर्षबारे अनुभव साझा गरिन्। महासंघकी पूर्व उपाध्यक्ष सम्झना कार्कीले सामाजिक रुपान्तरणमा महिला पत्रकारहरूको योगदान र उनीहरूले झेल्नुपरेका व्यावसायिक चुनौतीबारे धारणा राखिन्।

सञ्चारिका समूह नेपाल बागमती प्रदेशकी अध्यक्ष सरिता दाहालले महिला पत्रकारहरूले अवसर पाएर अघि बढ्नसके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताइन्। मकवानपुरमा २८ जना महिला पत्रकार महासंघमा आबद्ध रहेको जानकारी दिँदै सञ्चारिका समूह नेपाल मकवानपुरकी उपाध्यक्ष जमुना थिङले महिला नेतृत्वमा सञ्चालित सात सञ्चारमाध्यमहरू उदाहरणीय रहेको उल्लेख गरिन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे (अनुराग), प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एमपी शर्मा लगायतको आतिथ्यता रहेको थियो।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img