समाजत्रिभुवन राजपथ दुई दिन बन्द हुने

त्रिभुवन राजपथ दुई दिन बन्द हुने

हेटौँडा | त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा दुई दिन सवारी आवागमन बन्द हुने भएको छ। सडक मर्मत र ह्युम पाइप विछ्याउने कार्यका लागि सवारी चलाउन रोक लगाइने भएको हो।

सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको सूचनाअनुसार आगामी शुक्रबार र शनिबार (असार १३ र १४ गते) रानी भञ्ज्याङ मोड क्षेत्रमा काम हुने भएकाले उक्त अवधि दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलका अनुसार काम सम्पन्न भएपछि मात्र सडक सञ्चालनमा ल्याइनेछ। वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएकाले यात्रु तथा सवारी चालकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

सडक मर्मतका कारण दुई दिनको सीमित अवधिमा भए पनि राजमार्ग प्रयोग गर्नेहरूलाई असुविधा हुन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img