Wednesday, February 12, 2025
राशिफलबार्षिक राशिफल: कस्तो रहला तपाईको स्वास्थ्य, व्यवसाय, प्रेम सम्बन्ध र रोजगार?

बार्षिक राशिफल: कस्तो रहला तपाईको स्वास्थ्य, व्यवसाय, प्रेम सम्बन्ध र रोजगार?

ज्योतिषको दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? राशि अनुसार यो वर्ष २०८० कस्तो रहनेछ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मेष राशि हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।….

मेष राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।….

वृष राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ । यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक …

बार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय….

बार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चो…

सिंह राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने, पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास आउनसक्छ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । मंसिर महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य…

कन्या राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा…

तुला राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला । जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक…

वृश्चिक राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

२०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र सुखदायी रहनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ…

धनु राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू आउन….

मकर राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन र भाग्यमा…

कुम्भ राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ । शनिको आद्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी…

मीन राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस