राजनीतिअन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित, ऊर्जा र कृषिमा आत्मनिर्भर हुन उद्याेगमन्त्रीको...

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित, ऊर्जा र कृषिमा आत्मनिर्भर हुन उद्याेगमन्त्रीको जोड

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन्। अन्तर्राष्ट्रिय भू-राजनीतिक द्वन्द्वले आपूर्ति प्रणालीमा असर पारेकाले तत्काल ऊर्जा र कृषि क्षेत्रमा आत्मनिर्भर हुने नीति लिनुपर्ने उनको भनाइ छ।

​संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले युक्रेन-रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित भएको बताए। बाह्य वस्तुमाथिको निर्भरता घटाउन परम्परागत इन्धनको विकल्प खोज्ने समय आएको उनले स्पष्ट पारे।

​मन्त्री साहका अनुसार आपूर्ति व्यवस्थालाई सहज बनाउन र नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ। उनले कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रका रैथाने बालीको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

​ग्यास आपूर्तिबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले स्वदेशी उत्पादन र आन्तरिक ऊर्जाको प्रयोगले मात्रै आपूर्ति समस्याको दिगो समाधान दिने दोहोर्‍याए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img