अर्थ व्यापारबढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि समेत समायोजन गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य वृद्धि गरिएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

निगमले भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा वृद्धि भएको उल्लेख गरेको छ। तर सरकारले उपभोक्तामाथि पर्ने भारलाई ध्यानमा राख्दै सम्पूर्ण वृद्धि उपभोक्तामाथि नथोपरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा स्पष्ट गरिएको छ।

नयाँ मूल्य लागू भएपछि देशभरका सबै पम्पहरूले सोही दरमा इन्धन बिक्री गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img