अर्थ व्यापाररोजगार गुमाएका पाँच लाख परिवारलाई १० हजार दिने, निवेदन को आह्वान

रोजगार गुमाएका पाँच लाख परिवारलाई १० हजार दिने, निवेदन को आह्वान

कोभिड-१९ को महामारीको समयमा रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँ दिने प्रक्रिया शुरू भएको छ।अर्थ मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी अतिविपन्न परिवारलाई राहत दिने प्रक्रिया थालेको हो।

यसका लािग १५ दिनभित्र आ-आफ्नो वडा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ।यसमा रोजगारी गुमाएका कुनै पनि परिवारले निवेदन दिन सक्नेछन्। आफूले बसोबास गरेको वडा कार्यालयमा निवेदन सकिनेछ।कम्तिमा ६ महीनादेखि सम्बन्धित वडामा बसेको हुनुपर्नेछ। यसमा परिवारको एक जना सदस्यले निवेदन दिए पुग्ने अर्थ मन्त्रालयले जनाएको छ।

विगतमा गर्दै आएको रोजगारी गुमाएका र नयाँ रोजागरी नपाएका मजदुर वा कामदारले निवेदन दिन सक्नेछन्।त्यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अतिविपन्न व्यवसायी, दैनिक ज्याला-मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरियाले निवेदन दिन पाउनेछन्।

यससँगै कोभिड-१९ संक्रमणका कारण आयआर्जन गर्ने मुख्य सदस्यको मृ`त्यु भई आर्थिक संकट झेल्नु परेका परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले पनि राहत पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img