समाजउत्तरदायी नभए संरचना धरासायी हुन्छ : नगरप्रमुख लामा

उत्तरदायी नभए संरचना धरासायी हुन्छ : नगरप्रमुख लामा

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नागरिकप्रति उत्तरदायी नहुने राज्य संरचना दीर्घकालीन रूपमा टिक्न नसक्ने स्पष्ट टिप्पणी गरेकी छिन्।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको १२औँ वार्षिकोत्सवमा बोल्दै नगरप्रमुख लामाले विकास निर्माण र सेवा प्रवाहमा गम्भीरता, पारदर्शिता र समन्वय अपरिहार्य भएको बताइन्। “राज्यका संरचनाहरूले जनअपेक्षा अनुसार जिम्मेवारीका साथ काम नगरे धरासायी हुनेछन्,” उनले भनिन्।

उनका अनुसार हेटौँडा उपमहानगरपालिकाले विपन्न वर्गका नागरिकलाई न्यूनतम महसुलमा सुरक्षित र भरपर्दो खानेपानी सेवा दिन बोर्डमार्फत सक्रिय पहल गरिरहेको छ। खानेपानीको दीर्घकालीन व्यवस्थापनका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गर्दै स्रोत पहिचान र संरचना निर्माणमा काम भइरहेको पनि उनले जानकारी दिइन्।

कार्यक्रममा बोर्ड अध्यक्ष प्रताप विष्टले हाल हेटौँडामा खानेपानी आपूर्ति सहज बनाउन रिचार्ज पोखरी निर्माणदेखि स्रोत व्यवस्थापनसम्मका योजनाहरू अघि बढाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img