राशिफलदैनिक राशिफलकात्तिक १२ गते बुधबारको भाग्यफल

कात्तिक १२ गते बुधबारको भाग्यफल

वि. सं. २०८२ कात्तिक १२ गते बुधबार | इ.सं. 29th October 2025 | आज अष्टमी तिथि (२८:५० सम्म), कार्तिक शुक्लपक्ष र उत्तरषाढा नक्षत्र (१३:५४ सम्म) रहेको छ। चन्द्रराशि मकरमा रहँदा व्यावहारिक र परिश्रमी स्वभाव बलियो हुन्छ। शूल योग (२८:४९ सम्म) रहेकाले सावधानीपूर्वक काम गर्नु उत्तम हुन्छ। विष्टि करण (१६:४३ सम्म) रहेकाले महत्त्वपूर्ण निर्णय र नयाँ काम दिउँसोपछि गर्नु राम्रो हुन्छ। शरद ऋतु र दक्षिणायनको यो समयमा स्वास्थ्य र ध्यानमा विशेष जोड दिनुहोस्। सूर्योदय ६:१३ बजे र सूर्यास्त १७:२० बजे हुनेछ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन नरमाइलो छैन तर काममा खट्नुपर्छ। अन्त्यसम्म व्यस्त रहनुहुन्छ, मिहिनेत गरेअनुसार राम्रो प्रतिफल मिल्छ। भेटघाटमा व्यक्तिगत उन्नति वा पदप्रतिष्ठाको चर्चा नगर्नुहोस्। सम्बन्धमा खाडल सिर्जना र तनाव बढ्न सक्छ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुन्छ, सल्लाह र सद्भाव मिल्छ। धार्मिक र सांस्कृतिक क्षेत्रमा भ्रमण हुन्छ। भाग्यबल ४०%, शुभअङ्क १, शुभरङ हरियो। मन्त्र: ॐ बुं बुधाय नमः (०८ पटक)।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार र आर्थिक क्रियाकलापबाट सधैंजस्तै फाइदा हुन्छ। नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नुहोस्। थोरै प्रयासले आम्दानीको मार्ग बढ्छ। केही समय छरछिमेकी वा आफन्तलाई छुट्याउनुपर्छ। प्रशस्त सम्भावना र उपलब्धिको राम्रो दिन हो। सानो प्रयासले राम्रो नतिजा, सम्मान र जस मिल्छ। भाग्यबल ६०%, शुभअङ्क ९, शुभरङ नीलो/कालो। मन्त्र: ॐ छायापुत्राय नमः (२३ पटक)।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिक्दारी र चिडचिडेपन बढ्छ। शरीरमा थकान र अस्वस्थता देखिए पनि आराम गर्न पाइँदैन। मनले नमानेको कामबाट टाढा रहनुहोस्। नियम/कानूनसँग असङ्गत विषयमा दिलचस्पी नराख्नुहोस्। रिस्क र जोखिमबाट टाढा भाग्नुहोस्। परिवार र साथीप्रतिको भावनाले चिन्ता बढ्छ। चिडचिडेपन र तनावले भेटघाटमा नोकझोक हुन सक्छ। भाग्यबल ३५%, शुभअङ्क ८, शुभरङ रातो। मन्त्र: ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः (०८ पटक)।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नुहोस्। महत्त्वपूर्ण कागजात राम्ररी पढेर मात्र हस्ताक्षर गर्नुहोस्। कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुन्छ। पारिवारिक जीवन र आत्मिक आनन्दको उत्कृष्ट समय हो। दाम्पत्य जीवनको भरपूर सुख मिल्छ। गीतसङ्गीत, साहित्य वा कलासम्बद्ध विषयमा रुचि जाग्छ। भाग्यबल ६५%, शुभअङ्क ७, शुभरङ रातो। मन्त्र: ॐ राधाकृष्णाभ्यां नमः (११ पटक)।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निराशा र कुण्ठा बढ्छ। नबुझेको कुरा एकान्तमा बसेर दोहोर्याउनुहोस्, नयाँ बाटो पहिल्याउन सकिन्छ। घमण्ड र अहङ्कार बढ्छ, आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोस्। सोचेजस्तै लाभ पाउन केही कुर्नुपर्छ, तर बहस र तर्कमा जीत हुन्छ। मिहिनेतको प्रतिफल अरुले हत्याउन खोज्छन्। शुभचिन्तकको साथले अप्ठ्यारोमा पनि काम बन्छ। भाग्यबल ३०%, शुभअङ्क ६, शुभरङ रातो। मन्त्र: ॐ देवीद्यौराल्यै नमः (११ पटक)।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रिय हुनुहुन्छ। आफू वा छोराछोरीका माध्यमबाट फाइदामूलक काम बन्छ। कार्य सम्पादनमा सहजता र शीघ्रता हुन्छ। सीप र योग्यता बढाउने अवसर मिल्छ। पारिवारिक प्रयोजनका लागि समय छुट्याउनुहोस्। व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीको समय निस्कन्छ। भाग्यबल ७५%, शुभअङ्क ५, शुभरङ रातो/हरियो। मन्त्र: ॐ ऐं श्रीं श्रीं बुधाय नमः (०८ पटक)।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कारोबारलाई नयाँ गति दिने प्रयत्न हुन्छ। आशाका पछि लाग्नु स्वाभाविक हो तर कसैको आश्वासन वा लोभमा नभुलिनुहोस्। दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहन्छ। घरको वातावरण व्यवस्थित र रमाइलो हुन्छ। गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारो पर्छ। गुरुजनको मार्गदर्शनले अनुभव तिखार्न सकिन्छ। भाग्यबल ०%, शुभअङ्क ४, शुभरङ सिम्रिक रातो। मन्त्र: ॐ नमःभद्रकाल्यै (०९ पटक)।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मबल र हिम्मतसहित काम गर्दा महत्त्वाकाङ्क्षी कार्य सुरु गर्न सकिन्छ। दुविधा छ भने सहकर्मीको साथ लिनुहोस्। एकआपसका सुखदुःख र चाहना बुझेर कार्य गर्नुहोस्। एकअर्काका त्रुटिप्रति सचेत हुनुहोस्, माफ गर्दा सम्बन्ध मजबुत हुन्छ। धर्मकर्म वा परोपकारी काममा चित्त जान्छ। मित्र र सहयोगीको साथले नचिताएको काम बन्छ। भाग्यबल ८०%, शुभअङ्क ३, शुभरङ हरियो। मन्त्र: ॐ रोहिणीपुत्राय नमः (०८ पटक)।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समुचित कार्यका लागि कम बोल्नु ठीक हुन्छ। हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिन्छ। प्रतिद्वन्द्वी हार्छन्, मित्र र स्टाफको सहयोगले मन प्रसन्न रहन्छ। कार्यक्षेत्रमा राम्रो गर्दा प्रतिष्ठा र सम्मान बढ्छ। सागसब्जी र चिसोजन्य कारोबारीलाई राम्रो छ। आम्दानीको पाटो सहज छ तर फुइँ लाउँदा मोटो रकम खर्च हुन्छ। भाग्यबल ८०%, शुभअङ्क २, शुभरङ सेतो/उज्यालो। मन्त्र: ॐ सिद्धिलक्ष्म्यै नमः (११ पटक)।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको केही पल भावुक समय बन्न सक्छ। परिवार र जीवनसाथीको साथले मन प्रसन्न रहन्छ। नयाँ कुरा पढ्ने वा सिक्ने रहर जाग्छ। नजानेको विषयमा केन्द्रित हुँदा उपलब्धि मिल्छ। महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्छ। अल्छीपन बढ्न सक्छ तर कल्पनाले मात्र केही हुँदैन। प्रतिफलका लागि मज्जाले खट्नुहोस्। भाग्यबल ६०%, शुभअङ्क १, शुभरङ नीलो/कालो। मन्त्र: ॐ शं शनैश्चराय नमः (२३ पटक)।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखसुविधाका सामाग्रीमा आकर्षण बढ्छ तर आर्थिक पक्ष बाधक बन्छ। आवश्यक पर्दा ऋण वा सापटी लिनुपर्ने बाध्यता देखिन्छ। अल्छीपना देखिन्छ, शरीर भारी भएर काम पूरा हुँदैन। मानसिक शान्ति र विश्रामतर्फ आकर्षित हुनुहोस्। धनको मामिलामा उदासीन नबन्नुहोस्। ठूला निर्णय नलिनुहोस्, योजना बनाएर अनुभवीको सुझाव लिनुहोस्। भाग्यबल ०%, शुभअङ्क ३, शुभरङ सेतो। मन्त्र: ॐ त्र्यम्बकाय नमः (२१ पटक)।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
एकअर्काका भावना बुझेर चल्नुहोस्। सहकर्मी वा सहपाठीसँग प्रेम सम्बन्ध छ भने आज विशेष दिन बन्छ। धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुन्छ। पेसागत काम, नोकरी वा व्यापारबाट राम्रो धनार्जन हुन्छ। सरकारी ठेक्का, गृहनिर्माण, फर्निचर, बालसामाग्री र सुनको कारोबारमा लाभ हुन्छ। भाग्यबल १००%, शुभअङ्क २, शुभरङ सेतो। मन्त्र: ॐ गङ्गाधराय नमः (२१ पटक)।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img