समाजसडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीयो

सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीयो

हेटौंडा । मकवानपुरको मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनामा परेको हो। बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी वडा नम्बर–७ नरसिंह डाँडाका पेमा रत्न तितुङ गम्भीर घाइते भएका छन्। गम्भिर घाइते चालकको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img