हेटौँडा | हेटौँडा–५स्थित जेनिथ माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न अन्तर विद्यालय फुटबल प्रतियोगितामा सोलिड्यारिटी इन्टरनेशनल विद्यालयले उपाधि हात पारेको छ।
हेटौँडा उपमहानगरमा रहेका १० संस्थागत विद्यालय सहभागी प्रतियोगिताको फाइनलमा सोलिड्यारिटीले सत्यम जेभियर्स माविलाई ३–१ ले पराजित गर्दै विजयी बनेको हो। संगमचोकस्थित ज्ञानोदय बालबाटिका मावि तेस्रो स्थानमा रह्यो। विजेता, उपविजेता र तेस्रो हुने टोलीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगत विधामा गौरभ चौधरी उत्कृष्ट गोलकिपर, सौगात देउला उत्कृष्ट खेलाडी र दिबस मुक्तान शीर्ष गोलकर्ता घोषित भए।
विद्यार्थीको प्रतिभा विकास र विद्यालयबीचको सहकार्य बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल श्रीबहादुर कार्कीले बताए। पुरस्कार वितरण कार्यक्रममा समाजसेवी सञ्जय सिलवाल, आइटी प्रमुख दुर्गा सिग्देल, प्राध्यापक विकास केसी, सिटी कलेज प्रशासक सुमान्त सिलवाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।



