मौसमआज कोशी, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

भोलिदेखि मौसम सुधार हुने

काठमाडौँ। देशका केही प्रदेशहरूमा आज (शुक्रबार) चट्याङ्ग र असिनासहित भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराईका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ।

​त्यस्तै, देशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। मधेश प्रदेशलगायत कोशी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रहनेछ।

​गएराति गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान र पश्चिमी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा भएको थियो। हाल गण्डकी प्रदेशका एकाध स्थानमा बाहेक देशभरको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

​मौसमविद्का अनुसार वर्षा गराउने यो प्रणाली आजसम्म कायमै रहनेछ। भोलि शनिबारदेखि भने देशभरको मौसममा क्रमशः सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img